Notices

अत्यन्त जरुरी सूचना

July 17, 2016

बाल श्रम सम्वन्धमा केन्द्रीय गलैंचा उद्योग संघ नेपालबाट जारी गरिएको
अत्यन्त जरुरी सूचना

बाल श्रम निषेध र नियमित गर्ने ऐन २०५६ को परिच्छेद –२ दफा (३) को उपदफा (१) अनुसार कसैले पनि चौध वर्ष उमेर पूरा नगरेका बालवालिकाहरु लाई श्रमिकको रुपमा काममा लगाउन नहुुने व्यवस्था रहेको र नेपाल सरकार श्रम विभाग, महिला बालबालिका तथा समाज कल्याण मन्त्रालय केन्द्रीय बाल कल्याण समिति र नेपाल उद्योग बाणिज्य महासंघबाट समेत कुनै पनि उद्योग , प्रतिष्ठान, तथा कल कारखानाहरुमा श्रमिकको रुपमा चोैध वर्ष उमेर पूरा नगरेका बालबालिकहरु लाई काममा नलगाउन अनुरोध समेत भै आएकोले गलैंचा क्षेत्रसंग सम्वन्धित सम्पूर्ण उद्यमी व्यावासायीहरु ले आ–आप्नो उद्योग र्मा चौध वर्ष उमेर पूरा नगरेको बालवालिकाहरु लाई काममा नलगाई बाल श्रम निवारण गर्ने कार्यमा सहयोग गरिदिनु हुन यो संघ संम्पूर्ण गलैंचा उद्यमी व्यावसायीहरु लाई हार्दिक अनुरोध गर्दछ ।

समग्र उद्योगहरु मा बाल श्रम निवारण गर्ने क्रममा माथि उल्लेखित सरकारी तथा गैह सरकारी निकायहरु वाट आकस्मिक अनुगमन तथा निरिक्षण को क्रममा यदि कोहि कसैले यसप्रकारको गैह कानूनी कार्य गरिरहेको फेला पारेमा त्यसबाट हुने दण्ड सजायँ को भागिदार सम्वन्धित व्यावसायी नै हुने भएको व्यहोरा समेत जानकारी गराइएको छ । अन्य थप जानकारीको लागि संघको सचिवालयमा सम्पर्क राख्नु होला ।

केन्द्रीय गलैंचा उद्योग संघ नेपाल
बौद्ध , काठमाण्डौ
फोन÷प्याक्स नं. ४४८६८४९
ई मेलः info@nepalcarpet.org
/ccian2047@gmail.com